कांग्रेसबाट निर्वाचित मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बित

पाेखरा | पुस १२, २०७९

कांग्रेसबाट निर्वाचित मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बित

पोखराः   नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ। उहाँलाई सङ्घीय संसद् सचिवालयले मङ्गलबार सूचना जारी गर्दै निलम्बन गरेको हो। 


सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गर्नुभएको सूचनामा सो कुरा उल्लेख छ। गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको छैन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) ले राष्ट्रसेवकविरुद्ध दायर भएको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार गुरुङको प्रतिनिधि सभा सदस्य पद निलम्बन भएको सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्